सेतो मत्स्येन्द्रनाथको रथयात्रा चलाउन व्यवस्थापन समिति गठन

सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति-११४५ गठन भएको छ । जात्रा उत्साहको रुपमा मनाउन तथा थप व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको छ। आगामाी चैत २३ गतेदेखि शुरु हुने भएकोले उक्त समिति गठन गरेको छ । भेलामा बागमती प्रदेशको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो । यसै गरि जनसेवा वृत्तका डीएसपी कृष्ण कुमार चन्दको आतिथ्यतामा उक्त समित गठन भएको छ ।

रथयात्रा व्यवस्थापन समितिको संयोजकमा सुजिब बज्राचार्य र उपसंयोजकमा गणपति लाल श्रेष्ठ रहेका छन् । भेलाले विभिन्न कार्यको समन्वय गर्ने जिम्मेवारी पनि विभिन्न व्यक्तिहरूलाई दिने निर्णय गर्दै सरोकारवाला सम्बन्धित प्रशाशनिक निकायहरुलाइ जात्रा ब्यबस्थापनको लागि आधिकारिक पत्र समेत दिइको थियो।

अब चाडै समितिले पूर्णता पाउने जानकारी समितिका संयोजकमा सुजिब बज्राचार्य दिनु दिए ।