गायक पुरुषोत्तम श्रेष्ठको‘सुथसिया निभाः जुयाः’ गत सोमबार सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीत ‘सुथसिया निभाः जुयाः’ को म्यूजिक भिडियोको निर्देशन साथै रचना बिराजकाजी रहेको छ । म्यूजिक भिडियोमा गायक श्रेष्ठको साथमा उनकै अर्धाङ्गिनी रन्जु श्रेष्ठले अभिनय गरेका छन् । संगीत भने सुमन कपालीको रहेको छ ।
कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’की आमा वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहले उक्त गीत सार्वजनिक गरिन् । कार्यक्रममा वरिष्ठ अभिनेत्री सिंहले अहिले नेवाः कला क्षेत्र पनि व्यापक बन्दै गएको भन्दै खुसी पोख्दै म्यूजिक भिडियोमा आफुले कलाकारहरुकै पीडा देखेको बताइन् ।
कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ गायक जुजुकाजी रंजित,वरिष्ठ संगीतकर्मी बुद्ध सायमि,वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ तथा बिभिन कलाकारको उपस्थिति थियो।
म्यूजिक भिडियो निर्देशक बिराजकाजी राजोपाध्यायले आफुले करीब १५ वर्ष पछि म्यूजिक भिडियो निर्देशन गरेको र यो भिडियो सम्पूर्ण कलाकारहरुप्रति समर्पित गरेको बताए ।
