काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज प्रस्थान गरेका छन् ।
उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान अनुसार राष्ट्रपतिको कार्यालयले सिंहलाई उक्त जिम्मेवारी तोकेको जनाएको छ ।
