भोलि शनिबार बाट जनबहाःद्य: रथयात्रा सुरु रुट यस्तो छ

काठमाडौं । भोली शनिबार बाट सेतो मच्छिन्द्रनाथको रथयात्रा जमल तिनधारा पाठशालबाट सुरु हुने भएको छ । ( जनबहा: द्य:)सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले शनिबार 3 बजे मछिन्द्रबहाल देखि तिनधारा पाठशाला जमलसम्म खटयात्रा हुने, ४ असनसम्म रथयात्रा हने जनाएको छ ।

त्यसैगरी, आइतबार २४ गते साँझ ४ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानिने छ । सोमबार २५ गते ४ः०० बजे हनुमानढोका, चिकमुुगल, जैशीदेवल, ज्यावहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जनाएको छ ।

चैत्र २६ गते मंगलबार ४:00 देखि लगनमा आमा रुख परिक्रममा गरिने छ ।

२७ गते बुधबार साँझ ५ः०० लगनबाट ज्याहाबाल, द्यःलँ, यूतुुननि, कोहिती, भिमसेनस्थान, मरु, याट्खा, नरदेवी, किलागल, भेडासिंह, केलटोल हँदै मछिन्द्रबहाल सम्म रथयात्रा हुने छ ।

तिनधारा पाठ्शाला निर्मित ३२ हाते लामो रथमा सेतो मच्छिन्द्रनाथको प्रतिस्थापन गरेपछिट घण्टाघर हुँदै असन चोक सम्म रथ लगिने छ । वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिनबाट नगर परिक्रमा गराईने परम्परा छ ।

असनमा राखिएको रथ राष्ट्रपतिबाट दर्शन गरेपछि सो दिन असनमै राखिन्छ र भोली पल्ट रथ तानेर असन, इन्द्रचोक, हनुमानढोकास्थि कालभैरव र कालभैरबाट लगन लगिन्छ ।

किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ ।

रथलाइ लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइ रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ।