उच्चको आदेशपछि रवि लामिछाने पुन पक्राउ, गिरफ्तारी दिंदैछु : रवि

काठमाडौं =राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुन पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको सामाजिक संजाल मार्फत जानकारी दिएका छन्।

उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् ।‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् । साथै, भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी घरमा पुगेका छन्।