भक्तपुरमा आज सिन्दुरे जात्रा मनाइँदै

भक्तपुरमा विस्का जात्राअन्तर्गत मध्यपुर थिमिमा अहिले विभिन्न देवी-देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइँदै छ ।
सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन छ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रामा जात्रालुहरूले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गर्दछ ।

हरेक वर्षको शुुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो । बिस्का जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा ल्याइन्छ । त्यहाँ सबै खट आइपुगेपछि सिन्दुरेजात्रा मनाइन्छ ।

देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकआपसमा सिन्दूर दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।

काया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवता राखिएका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले सिन्दुर जात्रा भनिएको हो।