हेटौंडा २ संगमचोकका जेन खड्गीलाई धारिलो बस्तु पेटमा हानेर फरार भएका उर्गेन लामा पक्राउ परेका छन् । हेटौंडा २ सिद्धार्थपथका २७ बर्षिय लामाले बुधवार साँझ हेटौंडा १० स्थित जिरो किलोमिटर रेष्टुरेन्टमा खड्गीलाई बिवादका क्रममा धारिलो बस्तु प्रहार गरेर फरार भएका हुन ।
फरार हुने क्रममा लामालाई प्रहरीले चीतवनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ । घाइते खड्गीको अवस्था गम्भिर भएकोले हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन स्थित चितवन मेडिकल कलेज पठाएको छ भने २४ घन्टा बित्दा समेत अस्पतालमा डाक्टर नभएको भनि थप उपचारका लागि ढिलाइ भईरहेको खड्गीको प्रहरीले जानकारी दिएको छ ।
