नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए

काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी हवल्दारलाई कुटेका छन् । काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टर जितेन्द्र साहले प्रहरीलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् । सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।

उक्त घटना नागढुंगामा आज बिहान साढे ८ बजेतिर भएको हो ।घुस खाने प्रहरीलाई ठाउँको ठाउँ ठीक पारेको भन्दै कतिपयले तारिफ गरिरहेका छन् भने कतिले चाहिँ गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भएएकाले सडकमै हात हाल्नु राम्रो नभएको प्रतिक्रिया दिइरहेका छन् ।