२२ वडामा सामुदायिक सुरक्षा एवं अपराध नियन्त्रण कार्यक्रम सम्पन्न

काठमाण्डौ महानगरपालिका न २२ का वडा र प्रहरी बृत जनसेवाको संयुक्त आयोजनामा विभिन्न सुरक्षा कम्पनिका संचालक तथा सुरक्षा गार्डहरुलाई सामुदायिक सुरक्षा एवं अपराध नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष चिनिकाजि महर्जनको सयोजकत्वमा प्रहरी वृत्त जनसेवाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्द द्धारा २२ वडा अन्तरगत वडा एरियामा रहेका विभिन्न सुरक्षा गार्डहरुलाई उक्त सचेतना अभिबृद्धि कार्यक्रम गरेका थिए।

कार्यक्रममा ६० जना भन्दा बढी संख्यामा स्थानिय जनप्रतिनिधि सुरक्षा कम्पनिका संचालक सुरक्षा गार्डलगायत व्यक्तित्वहरुको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम नेपाल आदर्श माध्यमिक बिधालय गणबहालमा भएको थियो।

विभिन्न सचेतनामूलक कार्यक्रमले “समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीलाई गराइ अपराधीलाई कानुनी दायरामा ल्याउन सहयोग हुने कुरा न्युज नेपा:डट कमका पत्रकार बिगेन तुलाधर लाई प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कुमारले जानकारी दिनु भयो।