हुन्डीको कारोबार गर्ने युवक रकमसहित पक्राउ

काठमाडौं – विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब बिस लाख उन्नतीस हजार छ सय बिस रुपैयाको अबैध हुण्डी कारोबार भएको सूचना आए संगै प्रहरी टोलीले पक्राउ गर्न सफल भएको छ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.४ पलाती स्थायी वतन भई हाल काठमाण्डौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोला, काठमाण्डौँ बस्ने २४ वर्षको संजय बस्नेत रहेको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो।

उनलाई महानगरपालिका २४ जुद्द सालिकबाट उनलाई पक्राउ गरेको थियो। शंकास्पद गतिविधि गरी रहेको पुरुषलाई कानून बमोजिम रितपुर्वक खानतलासी गर्दा निजको साथबाट साथ बाट प्रहरीले एक थान मोवाईल र खाली चेक पनि फेला परेको थियो।