रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो।

गत वैशाख ७ गते लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।

यसअघि पटक–पटक ‘हेर्न नमिल्ने’ भएर स्थगित हुँदै आएको उक्त रिटमा मंगलबार भने सुनुवाइ भएको हो।