मानवअधिकार आयोगको आपत्ति ,प्रधानमन्त्रीको अभिव्यक्तिप्रति

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले जेठ १५ गते एमालेका कार्यकर्ताहरूलाई काठमाडौँ नियन्त्रणमा लिन आइतबार दिएको निर्देशनप्रति आपत्ति प्रकट गरेको छ।

प्रधानमन्त्रीबाट यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने आयोगले स्पष्ट पारेको छ। प्रधानमन्त्रीको अभिव्यक्ति विधिको शासन विपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिने खालको भएको आयोगले टिप्पणी गरेको छ।

प्रधानमन्त्री ओलीले दिएको उक्त अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ। उनले आइतबार दिउँसो एक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका थिए।