धर्मपथ महोत्सव भब्यका साथ सम्पन्न

काठमाडौँ महानगरपालिका– २३ वडा कार्यालयको आयोजनामा धर्मपथ महोत्सव सम्पन्न भएको छ । स्थानीयले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवर्द्धन,नेवाः खाजाको ब्राण्डिङ गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय क्बल, सङ्घ–संस्थाको सक्रिय सहभागिता रहने छ।

महोत्सवमा वडाबाट विभिन्न तालिम भएका महिलाले उत्पादन गरेका विभिन्न सामग्री र नेवाः खानाका प्रकारको स्टलहरु राखिनेछ।

त्यसैगरी बालबालिकालाई मनोरञ्जन गर्ने किड्स जोन, बाथ रोग सम्बन्धी स्वास्थ्य शिविर संचालन भएको थियो। महोत्सव अवधिभर विभिन्न गुठीको परम्परागत बाजाको प्रस्तुती, कुटुम्ब ब्याण्डको प्रस्तुति पनि रहेको थियो । यस अघि काठमाडौँ महानगरपालिकाको कार्यालयको सांस्कृतिक भवनमा सो महोत्सवको उद्घाटन गरिने वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिनुभयो।

वडाका विभिन्न महिला समूहद्वारा उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी कक्षका रुपमा ओमबहालमा कोशेली घरको सञ्चालन गरिने छ। यस महोत्सवबाट पर्यटकीय गन्तव्यको रुपमा धेरै समयसम्म परिचित झोछेंलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तथा आन्तरिक र बाहय पर्यटक प्रवर्द्धन गर्न टेवा पुर्‍याउने विश्वास लिइएको छ।

महोत्सवको आयोजनाको लागि वडाअध्यक्ष मचाराजा महर्जनको संयोजकत्वमा मुल समिति गठन गरिएको छ। महोत्सव शान्ति, सुव्यवस्थाका सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ।

लोकप्रिय सांगीतिक समुह कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिका साथ आज शुक्रबार राजधानीमा धर्मपथ महोत्सव भएको थियो।काठमाडौं महानगरपालिका वडा नं. २३ कार्यालयको आयोजनामा शुक्रबारदेखि न्युरोडस्थित धर्मपथमा महोत्सवगरेको थियो ।