काठमाडौँ – कलंकीको इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र भ्यान दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ।
स्कुलको इभी माइक्रो भ्यान बाहिर निस्कने क्रममा स्कुलको गेटको पिलरमा ठोक्किँदा शिक्षक र बालबालिकाहरु घाइते भएका थिए। दुर्घटनामा घाइते भएकी काठमाडौँको कुलेश्वर बस्ने ९ वर्षीया सोनाक्षी यादवको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा दिउँसो करिब साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का, ९ वर्षीया प्रेमिसा घर्तिमगरको नेशनल अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, स्कुलका प्रधानाध्यापक ४६ वर्षीय सुरज पोख्रेल र गाडीका चालक ६० वर्षीय हर्कबहादुर कार्कीको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
