नियन्त्रणमा आयो हामा स्टिलमा भएको आगलागी

काठमाडौँ- कमलादीस्थित हामा स्टिलमा मंगलबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ।

आगलागीको सूचना प्राप्त भएपछि नेपाली सेनाको श्री नरसिंहदल गणले तत्कालीन कारवाही गर्दै अन्य सुरक्षा निकाय, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीय नागरिकहरूको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक रूपमा आगलागीको कारण भने खुलेको छैन तर आगो निकै फैलिएको कारण स्थानीय नागरिक र कर्मचारीहरूमा त्रास फैलिएको थियो।