शशस्त्र प्रहरी बललाई झोछें सामुदायिक समाजको सहयोग

झोछें सामुदायिक समाज द्वारा शशस्त्र प्रहरी बल २४ नं.बागभैरब गुल्म लाई १५ थान पन्खा सहयोग गरेको छ ।

गुल्मले हाम्रो प्राचीन सांस्कृतिक जात्रा पर्व र ब्यबसायिक नगरी को सुरक्षा तथा बिपद उद्दार को लागि महत्त्वपुर्ण कार्य गरेको भन्दै उक्त सहयोग गरेको जानकारी गणपति लाल श्रेष्ठले दिनु भयो।’

सहकार्य सदैब जिबन्त रहोस भनी दुई संस्था बिचको यो कार्य सम्पन्न गरियको थियो ।

झोछेंका अध्यक्ष बिरेन्द्र बहादुर मल्ल ले प्रशासनिक निकाय समुदायकै लागि भयपछी हाम्रो सद्भाव र सहयोगी हातहरु सधै अघि बढ्नु पर्छ भन्ने आफ्नो भनाइ राख्नु भयो ।

गुल्मका गुल्मपती अशोक न्यौपाने ले समुदायले यति धेरै माया र सद्भाव संस्थाप्रती उदार भावना देखाउनु भयकोले खुशी र धन्यबाद ब्यक्त गर्नु भयो ।