‘संसार राष्ट्रिय साहित्य तारा सम्मान २०८२’बाट प्रका कुइँकेल सम्मानित

खस नेपाली भाषाका आधुनिक साहित्यमा कलम चलाई रहनुभएका साहित्यकार तथा गीतकार प्रकाश कुइँकेललाई ‘संसार राष्ट्रिय साहित्य तारा सम्मान २०८२’ भाग (२) बाट सम्मानित गरिएको छ ।

संसार्स क्रियशन्स नेपालको आयोजनामा ललितपुर सैंबु स्थित त्रिवेणी ल्याण्डमा मंगलबार भएको एक कार्यक्रममा वहाँलाई यस सम्मान समर्पण गरिएको छ । उक्त सम्मान कार्यक्रममा ललितपुर महानगर पालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जन मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको छ ।

कार्यक्रममा नेपालभाषाका पहिलो सिने पत्रकार विजय रत्न असंबरे, पत्रकार श्याम स्मृत, गायिका तथा समाजसेवी, संसार संगीतालयका संरक्षक सरिता महर्जन विशेष अतिथिको रुपमा सहभागी हुनुभएको छ भने गीतकार प्रमोद ढुंगाना, गायक विजय नारायण मानन्धर, कलाकार राजु महर्जन जुजु लगायतको समेत विशेष उपस्थिति रहेका थिए ।

आयोजक समितिका संयोजक स्वतन्त्र संसार महर्जनका अनुसार वरिष्ठ साहित्यकार, कालजयी गीतकार प्रकाश कुइँकेललाई वहाँको निरन्तर साहित्यिक साधना, सिर्जनशीलता र अमूल्य योगदानको कदर गर्दै सम्मान गरिएको हो ।