र्व मन्त्री तथा तत्कालीन ललितपुर महानगर पालिकाका मेयर बुद्धिराज बज्राचार्य रहनु भएन । ८९ वर्षको वहाँ हिजो शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बित्नु भएको हो ।
वि.सं. २०६१ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त हुनुभएका बज्राचार्य यस अघि २०६० सालमा ललितपुर महानगर पालिकाको मेयर भइसक्नु भएको छ । वहाँ २०२७ सालमा तत्कालीन ललितपुर पञ्चायत १७ वडाका वडाध्यक्ष भई काम गर्नुभएको, पछि २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधान पञ्चको रुपमा काम गर्नुभएको हो । २०४६ सालमा प्रजातन्त्रको पुनरागमन पछि २०५४ सालमा नेकपा (एमाले)बाट ललितपुरको मेयर निर्वाचित हुनुभएको थियो । त्यसै गरी बज्राचार्यले २०३६ देखि २०३७ साल सम्म ललितपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष,२०३८ सालमा संघको कार्यवाहक अध्यक्ष हुनुभई योगदान गर्नुभएको छ ।
वहाँको अन्तिम संस्कार आज नख्खुको यप्पा दिपमा गरिएको छ । यस अघि अन्तिम श्रद्धाञ्जलीका निमित्त पूल्चोकको अक्षेश्वर महाविहारमा राखिएको थियो । दिवंगत बज्राचार्य बौद्ध विहार संघ र अक्षेश्वर महाविशार संरक्षण समितिको संरक्षक तथा चक्रेश्वर आजु समेत हुनुहुन्थ्यो ।
