काठमाडौँ – अहिले काठमाडौँ जात्रामय भएको छ। काठमाडौँमा विभिन्न प्रकारका जात्राहरू मनाउने क्रममा अहिले गाईजात्राको समापनसँगै अब ठूलो चाड भनेको इन्द्रजात्रा हो। उपत्यकामा मनाइने यस जात्राको आफ्नै महत्व रहिआएको छ। जसमा लाखे नाच इन्द्रजात्राको मुख्य आकर्षणमध्ये एक हो ।
अब यांत्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” यहि भाद्र १४ गते शनिबार एफक्यूब सिनेमास, केएल टावरमा प्रिमियर हुन लागेको छ।आठ वर्ष लगाएर निर्माण गरेको यस चलचित्र यस चलचित्रमा नेवा समुदायमा लाखेको इतिहासको महत्त्व दर्शाउन खोजिएको छ।
नेपालका संस्कृतिविद् स्व सत्य मोहन जोशीको कथा, संवाद र पटकथामा आधारित यस चलचित्रको सम्पादन र निर्देशन भने संयुक्ता श्रेष्ठद्वारा गरएको । संयुक्त र नियुक्ता श्रेष्ठद्वारा एनिमेटेड यो चलचित्र अञ्जना श्रेष्ठ, लोचन मानन्धर, शैलेन्द्र मानन्धर र समीर महर्जनद्वारा निर्मित हो।
गुठी अष्ट्रेलियाद्वारा प्रस्तुत यस चलचित्रलाई नेपाल ललितकला प्रतिष्ठान, नेपालभाषा एकेडेमी, नेपालभाषा टाइम्स र ज्यास: फिल्म्स लगायतले पनि सहयोग गरेको जानकारी न्युज नेपा: डट कम लाई निर्देशन संयुक्ता श्रेष्ठ दिएका छन्।
नेपालभाषा र नेपाली भाषामा उपलब्ध यस चलचित्रले प्रधानमन्त्री जंगबहादुर राणाको इङ्गल्याण्ड भ्रमणको ऐतिहासिक सन्दर्भ पनि हर्न सकिने छ। लाखेले आफूमा रहेको दानवीय आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएको भन्ने धार्मिक आस्था पनि रहि आएको छ ।
यस चलचित्रको आधिकारिक ट्रेलरको लागि लिंकमा किल्क गर्नु होला।
टिकट बुक गर्न तल लिंकमा किल्क गर्नु होला।
https://kgarira.com/buy-tickets/jaye-lakhey-special-screening-at-fcube-cinemas/?
