नेवाः एकता अभियानले ने.सं. ११४५ यंलाथ्वः द्वितीया, सोमबार (२०८२ भाद्र ९ गते) काठमाण्डौं क्षेत्रपाटी पार्टी प्यालेसमा नेपालभाषाको सञ्चार माध्यम, नेपालभाषा कविता प्रतियोगितमा भाग लिएका र युवा उद्यमीहरुलाई सहयोग र धन्यवाद दिने कार्य गरिएका छन् । कार्यक्रमका मुख्य अतिथि बागमती प्रदेशका पूर्व मन्त्री एवं सभासद हरिप्रभा खड्गी श्रेष्ठले धन्यबाद पत्र अर्पण गर्नुभएको छ भने नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले खादा ओढाउनु भएको छ । साथै अभियानका आर्थिक विभागका संयोजक सुनिल कुमार शाक्यको सभापतित्वमा सञ्चालित यस कार्यक्रममा अभियानको नेपालका संयोजक कुमुद श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री एवं सभासद हरिप्रभा खड्गी श्रेष्ठ, नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर, सुनिल कुमार शाक्य लगायतका महानुभावहरुले नेवाः सरोकारका विविध पक्षलाई समेतेर आआफ्ना मन्तब्य राख्नुभएका छन् । पत्रकार ललेन्द्र शाक्यले सञ्चालन गर्नु भएको यस कार्यक्रममा मुख्य अतिथि खड्गी श्रेष्ठले नेवारहरुले राजनीति गरेर नेवारहरुको हक अधिकार सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुहुँदै आफू प्रदेश मन्त्री भएको बेलामा नेवाः सरोकारको पक्षमा दरो रुपमा काम गरेको भनी उल्लेख गर्नुभयो ।
यसरी नै वहाँले आजभोलि नेपालभाषा सञ्चार माध्यमको विकास राम्ररी हुँदै आएको कुरा उल्लेख गर्नुभयो । तर नेपालभाषा सञ्चार क्षेत्र विकास हुँदै आए जस्तै नेवारहरुमा आफ्ना मातृभाषा नेपालभाषा शुद्ध रुपले प्रचारप्रसार गर्ने कार्य कम हुँदै आइरहेकाले दुःख पनि ब्यक्त गर्नुभयो । वहाँले नेपालभाषा सञ्चार क्षेत्रमा देखिएका भाषाको अशुद्धतालाई हटाउन नेपाल पत्रकार राष्ट्रिय दबूले दरो रुपमा काम गर्दै जानुपर्ने भनी सुझाव दिनुभयो । यसरी नेवार एकतालाई बलियो पार्न सञ्चार क्षेत्रले खेलेको दरिलो भूमिकालाई मध्यनजर राखेर नै यस प्रकारले सञ्चार क्षेत्रलाई स्मरण गर्ने कार्य गरिएको कुरा बताउनु भयो । हामीले हाम्रा निमित्त दरिलो रुपमा काम गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा ५० वर्ष भन्दा बढी समय देखि नेपालभाषाको विभिन्न पत्रिका घरघरमा पुर्याई आउनुभएका (हाल नेपालभाषा टाइम्स दैनिक) खड्ग मान बज्राचार्य र रमेश मल्ललाई अभियानबाट दोसल्ला ओढाई नगद सहित सम्मानित गरिएका छन् । सम्यक साप्ताहिकले धेरै समय अघिदेखि नेपालभाषाबाट पत्रकारिताको क्षेत्रमा गरिएको योगदानलाई कदर गरी सम्यक साप्ताहिकलाई समेत सम्मान गरी नगद सहयोग तथा धन्यबाद पत्र अर्पण गरिएको छ भने उक्त समूहका आर्थिक विभागका संयोजक सुनिल कुमार शाक्यलाई साप्ताहिकले धन्यबाद ज्ञापन गरिएको छ ।
