संखुवासभाबाट दमक आउँदै गरेको बस दुर्घटना, १४ जना घाइते एकको अवस्था गम्भीर

संखुवासभाको धर्मदेवी नगरपालिका-९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय…

करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका किरणले नजिकै रहेको विद्युत् पोलमा…

१५ दिनमा २० जनामा डेंगी सङ्क्रमण

साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेंगी सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेंगी सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी…

काठमाण्डौकाे ठमेल र महाराजगञ्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरु पक्राउ

प्रहरीले काठमाण्डौको ठमेल र महाराजगञ्ज क्षेत्रबाट चक्रे मिलन भनिने मिलन गुरुङसहित गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरू पक्राउ परेका प्रहरीको भनाइ छ । यसअघि प्रहरीले हिजो बिहान ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न सानुभाइ…

बङ्गलादेशले नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्ने

बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । भारतीय टोली बङ्गलादेश जान अस्वीकार गरेपछि बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले साना टोलीसँग शृङ्खला खेल्ने योजना बनाएको थियो । बीसीबी क्रिकेट अपरेसन्स अध्यक्ष नजमुल अबेदिन फहीमले अरू…

सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । सुनकाे भाउ पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ताेलाकाे एक लाख ९३ हजार…