गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । सोमबार साँझ बसेको कांग्रेसको बैठकपछि बालुवाटार मन्त्रिपरिषदमा लेखकले राजीनामा बुझाएका हुन्…

ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन…

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल…

संसद भवन सेनाको नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन नेपाली सेनाको नियन्त्रणमा आएको छ ।   जेनजीको भिडलाई प्रहरी र सशस्त्रले तितरबितर पारेपछि सेना प्रवेश गर्न सकेको हो ।

जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको…

काठमाडौंका कर्फ्यू आदेश जारी

२३ भदौ, काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो ।

संसद् भवन घेरे जेनजीले

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् । माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढेका हुन् । निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र…

निषेधित क्षेत्र तोड्दा जेनजी र प्रहरीबिच घम्साघम्सी

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढ्न खोजेका हुन् । यसक्रममा उनीहरुको प्रहरीसँग घम्साघम्सीसमेत भएको…

जेनजीको पोखरामा पनि

काठमाडौँ । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेनजीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् । उनीहरूले ‘हाम्रो देश कसले बचाउँछ ?’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’, ‘मेरो पैसा दे’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री निवास वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौँ । जेनजी पुस्ताको काठमाडौँमा प्रदर्शन अघि प्रधानमन्त्रीको सरकारी निवास वरपरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बिहान ९ बजेदेखि प्रधानमन्त्री र प्रधानन्यायाधीश तथा सभामुखको निवास वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज पहिलोपटक संगठित रुपमा जेनजी…