ललितपुरकाे यी ठाउँमा कर्फ्यू आदेश

काठमाडौं । ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको आदेशमा ललितपुर महानगरपालिकाका वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, वडा नं. २ स्थित सानोप इन्द्रायणि मार्ग आसपास क्षेत्र र वडा नं. ९ को च्यासल क्षेत्रमा आज बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो ।

जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । मंगलबार पनि प्रदर्शन हुन सक्ने आशंकामा विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको बताइएकाे छ ।