आज विश्वकर्मा पूजा मनाइँदैछ। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ।
विश्वकर्मा पूजाका दिन कलकारखानादेखि सवारी साधन पनि पूजा गरिन्छ।
काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि मानिसहरुको भिड छ।
केही मानिसहरू आफ्नो सवारी साधनमा पूजा गरिरहेका छन्। कोही पालो कुरेर बसिरहेका छन्।
मन्दिर परिसरमा पण्डितहरूलाई पनि भ्याइनभ्याइ छ।
सवारी साधन पूजाबाहेक दर्शन गर्ने मानिसहरू पनि भद्रकाली परिसरमा देखिन्छन्।
