आज प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। स्रोतका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ दिदै मन्त्री बन्ने भएका छन्।
साथै खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् भने बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतले जानकारी दिएको छ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले जनाएको छ ।
चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने पनि स्रोतले जानकारी दियो। सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज बुलन्द गर्दै आएका छन् ।
