ने.सं. ११४६ कछलाथ्वः चतुर्थी, शनिबार (अक्टोबर २५) का दिन बाल्टिमोरको प्याटर्सन पार्कमा २६ औं वार्षिक ग्रेटर बाल्टिमोर लालटिन परेड तथा डिया डे लस मुएटोर्स फेस्टिभल भएको छ ।
क्रिएटिभ एलायन्स तथा द फ्रेन्डस् अफ प्याटर्सन पार्कको आयोजनामा भएको यस वार्षिक कार्यक्रममा सीप, कला, र समुदायलाई एकत्रित गर्ने उद्देश्य राखी दिउँसो पारिवारिक उत्सव तथा साँझ लालटिन परेड भएको हो । बाल्टिमोडमा गृष्म कालको एक विशेषताको रुपमा रहेको यस कार्यक्रममा वर्षेनी जस्तै यस पल्ट पनि १०,००० भन्दा बढी मानिसहरुले भाग लिएका छन् ।
आयोजक समितिका अनुसार यस परेडले शहर भरिका बासिन्दाहरुलाई एकत्रित गरी सृजनात्मकता, संस्कृति तथा सामुदायिक भावनालाई कदर गर्नेछ । फेस्टिभल दिउँसो ४ बजे पुलास्की स्मारक नजिकै बाल पोशाक प्रतियोगिता, लालटिन बनाउने कार्य, पपअप प्रदर्शन, कला तथा शिल्प बजारका साथै स्थानीय ब्यापारीहरुले खाद्य ट्रकको खाद्य पदार्थ समावेश गरिएको हो । पोशाक प्रतियोगिताको निमित्त दर्ता दिउँसो ३.३० बजे शुरु भई ४ बजे निर्णय गरिएको छ ।
दिनभरी भएको यस जात्रामा सहभागीहरु साँझ ६.३० बजे लाइनमा बसी ७ बजे परेड शुरु भएको हो । यस परेडमा ग्लोइङ्ग फ्लोट, हातले बनाइएको लालटिन, संगीतकार, कलाकार तथा अन्य सहभागीहरुले भाग लिनुभएको छ भने १० सौं हजार दर्शकहरुले परेडको अवलोकन गरेका छन् ।
यस जात्रामा डिया डे लस मुएर्तोस अर्थात दिवंगतहरुलाई सम्झना गरी सम्मान गर्ने दिन पनि हो । यो मेक्सिकन परम्परा हो । यस पल्टको कार्यक्रममा उक्त सम्पदालाई प्रतिविम्बित गरी विषय बस्तुगत कलाको प्रदर्शन गरिएको छ ।
