जनताको आशाको केन्द्र अन्तरिम सरकार अपरिपक्व ,मन्त्रिपरिषद् पूर्णता दिनुमा नै व्यस्त

बिगेन तुलाधर 

काठमाडौं। नेपाली राजनीतिमा सबै कुराको सम्भावना हुन्छ भन्ने कुरा आज चरितार्थ भएको छ। नेपालमा जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले अझसम्म पनि पूर्णता पाउन सकेको छैन। किनभने सरकार आफै अहिले अन्योलमा रहेको देखिन सकिन्छ। ६ महिनाको निम्ति बनेको यस सरकारले अहिलेसम्म को मन्त्री कस्तो मन्त्री कसलाई छान्ने भन्ने कुरामा अन्योल रहेको देख्न सकिन्छ।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारलाई सबैले आशाका केन्द्रबिन्दुमा राखेर हेरेका थिए। आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवारले पनि यस सरकारले केही गर्छ कि भन्ने आशा जीवितै थियो तर आज मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा एकदमै अपरिपक्को देखिएको छ।

यो अन्तरिम सरकारले तोकेको निर्वाचन आउन अब १२९ दिन बाँकी छ। तर यो अन्तरिम सरकार भन्ने मन्त्रिपरिषद् पूर्णता दिनुमा नै व्यस्त रहेको हेर्न सकिन्छ। कसलाई मन्त्री बनाउने कसको कोटाबाट मन्त्री बनाउने को नबनाउने कुरामा ऊ आफै अन्योलले अन्योल रहेकोले अब सरकार कहिले पूर्णता पाउँछ भन्ने कुरामा पनि प्रश्न चिन्ह उभिएको छ।

योसँगै, मन्त्री छनोट प्रक्रियामा देखिएको अपरिपक्वता बारम्बार दोहोरिएको छ । यसअघि पनि सङ्गीता मिश्रा र टासी ल्हाजोम विवादमा तानिएका थिए । आज पनि प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेका चार जनामध्ये खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो । उता, सिफारिस भएका अर्का गणपतिलाल श्रेष्ठले चाहेको मन्त्रालय नपाएपछि मन्त्री बन्नै अस्वीकार गरे ।

यसै क्रममा सांस्कृतिक अभियान्ता यसै क्रममा सांस्कृतिक अभियान्ता गणपतिलाल श्रेष्ठले न्युज नेपा: डट कम सँग कुराकानी गर्दै भने,
‘शनिबार राति ८ बजे प्रधानमन्त्री सहित अन्य मन्त्रीसँग बसेर पर्यटन मन्त्री बन्ने पक्कापक्की थियो। खोई के भयो आइतबार बिहान ९ / १० बजे एक्कासी मेरो मन्त्रालय परिवर्तन भएको सूचना मैले आम संचार माध्यमबाट थाहा पाए। यसबाट म एकदमै दुखित भए किनभने म सम्पदा र सभ्यता जोगाउनुपर्छ भनेर हिँडेको मान्छे हुँ। सत्ता र मन्त्री त मेरो निम्ति गौणका विषय रह्यो। ‘

प्रधानमन्त्री कार्यालयले आफ्नो चेकलिस्ट हेरेर आवश्यक फिल्टरिङ गर्न नसकेको र मन्त्री हुनेको पृष्ठभूमि राम्रोसँग अध्ययन गर्न नसकेको सरकारको प्रमुख कमजोरीको रुपमा अहिले अगाडि आएको छ। जेन्जी विद्रोहपछि बनेको यो अन्तरिम सरकारको मुख्य रोडमा भनेको चुनाव समयमा नै सम्पन्न गर्नु थियो। तर अहिले सरकार आफू पूर्णता दिनुमा नै अपरिपक्क रहेको देख्न सकिन्छ। कस्तालाई मन्त्री बनाउने को मन्त्री हुने र कसको सिफारिस लिने नलिनेमा सरकार अलमल्ल परेको अहिले हेर्न सकिन्छ।