रोहितले बनाए १२ औँ एकदिवसीय अर्धशतक

काठमाडौं : नेपालका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको दोस्रो खेलमा यूएईसँगको खेलमा अर्धशतक पूरा गरेका छन्।

रोहितले ७४ औँ एकदिवसीय खेलमा १२ औँ अर्धशतक पूरा गरेका हुन्।

उनले ७७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। उनले ३१.१ ओभरमा हैदर अलिको बलमा १ रन लिँदै अर्धशतक पूरा गरेका हुन्। उनले चौथो विकेटको लागि ३२ ओभरको आरिफ शेखसँग ६६ रनको साझेदारी गर्दै खेलिरहेका छन्।

सन् २०१८ मा नेदरल्यान्ड्ससँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यू गरेका रोहितले हालसम्म ७३ खेलमा ६९ इनिङ्स खेल्दै १ शतक ११ अर्धशतक प्रहार गरिसकेका छन्।