शेयर बजारमा नेप्से र कारोबार दुवै बढ्यो

काठमाण्डौ – शेयर बजार उच्च अङ्कले बढेर दुई हजार छ सय विन्दु पार गरेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै समूह बढेर बजारमा हरियाली छाउँदा जलविद्युत् समूह साढे दुई प्रतिशत भन्दा धेरैले बढेको छ । गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

आज नेप्सेसँगै कारोवार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । हिजो पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँको कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर सात अर्ब ५१ करोड रुपैयाँ भन्दा बढीमा किनबेच भएको छ ।