नर्सिङ एसोसिएसनको आन्दोलनमा मोडल अस्पतालका नर्सहरूको समर्थन, हातमा कालो पट्टी बाँधेर गरे प्रदर्शन

काठमाडौं – निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू केही दिनदेखि आन्दोलित छन् । सरकारीसरह सेवा सुविधा पाउनुपर्ने माग राख्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरू आन्दोलन गरिरहेका छन् ।

नेपाल नर्सिङ संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बुधबार दुई घण्टा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेको छ । संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरूले सेवा ठप्प पारेका हुन् । साथै काठमाडौंको मोडल हस्पिटलमा कार्यरत नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन्।

नर्सिङ संघ विभिन्न १५ माग राखेर कात्तिक ४ गतेदेखि आन्दोलित छ। कात्तिक ४ गतेदेखि ११ गतेसम्म कालो पट्टि बाँधेर काम गरेका थिए।

कात्तिक १२ देखि १‍८ गतेसम्म दिनको दुई घन्टा बिहान १० देखि १२ बजेसम्म हस्पिटल परिसरमा धर्ना दिदै आएको छ। । एसोसियसनले आन्दोलनको बाँकी कार्यक्रम १८ गते सार्वजनिक गरिने पनि बताएको छ।