अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

अर्घाखाँची – दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलका चालक पाणिनी–४ निगालीका १८ वर्षीय गौतम विक र मोटरसाइकल पछाडी बसेका २४ वर्षीय सागर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभयो ।

घाइते भएका २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । पाणिनी गाउँपालिका–३ दुर्गाफाँटमा हिजो बेलुका तीन जना चढेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।