काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन ५०० र चाँदी ६० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ५०० ले घटेर एक तोला सुनको मूल्य २ लाख ४९ हजार ७०० कायम भएको छ। अघिल्लो दिन बिहीबार ५ हजार ९०० ले वृद्धि भएर एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० पुगेको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। यसदिन ६० रुपैयाँले घटेर चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
