कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

धनगढी- कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

भिमदत्त नगरपालिका- १४ को बनकट्टीमा शुक्लाफाँटा राष्टिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो ।

उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा मृत्यु भएको थियो ।