ग्यास बुलेटको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका १० मालपोत चोकमा ग्यास बुलेटले माेटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।

मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन्। घाइते राइनाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनकाअनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिने बुलेटका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।