सुनको भाउ आज घटेको छ ।

काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८० रुपैयाँ थियो ।