आज नाडाको ४९औँ साधारण सभा हुने

अटो व्यवसायीहरूको छाता सङ्गठन नाडा अटोमोबाइल्‌स एसोसिएसन अफ नेपाल (नाडा) को ४९औँ वार्षिक साधारण सभा पूर्वनिर्धारित मितिमै हुने भएको छ। आजको साधारण सभा दि प्लाजा, ललितपुरमा आयोजना गर्ने भएको छ।

केही सञ्चार माध्यमहरूमा साधारण सभा रोकिन सक्ने वा अन्योल रहेको भन्ने समाचारहरू सार्वजनिक भएपछि नाडाले एक विज्ञप्ति जारी गर्दै आगामी पुस ९ गते आज नै सभा सम्पन्न हुने स्पष्ट पारेको हो।

नाडाले आफ्नो विधान र प्रचलित कानुनी प्रावधानअनुसार नै साधारण सभाको मिति तय गरिएको भन्दै यस विषयमा फैलिएका भ्रमहरू निराधार रहेको जनाएको छ।

संस्थाले नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वका लागि लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै आएको र यस पटक पनि सोही अनुरूप अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।