ऊर्जामन्त्री कुलमान घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको बताएका छन्।

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको बताएका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवारी दर्ता गर्ने बेलामा मन्त्रीबाट राजीनामा दिने संकेत गरे।

उनले भने, ‘जुन बेला हामी चुनावमा जान्छौँ, उम्मेदवारी दर्ता गर्ने समय आउँछ। उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ।’

अहिलेको सरकारको मुख्य कार्यभार निर्वाचन नै भएको बताए। चुनावमा सबै नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा रहेको बताए।

उनले भने, ‘आआफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा योगदान पुर्‍याउनुपर्छ। सबै आफैंमात्रै ठिक भनेर जान हुँदैन। सबै एक भएर जानुपर्छ भन्नेमा एकमत छ। कोको कसरी मिल्ने भन्ने होइन, नयाँ शक्तिहरू सबै मिल्ने हो।’