काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिको अवसर पारेर नयाँ भक्ति गीत ‘कैलाश’ सार्वजनिक गरिएको छ। भक्तिभावले ओतप्रोत उक्त गीत शशी पुन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा शब्द तथा संगीत दिपक बजगाँई (कैलाश) को रहेको छ भने स्वरमा केराः– पूर्ण बुढा मगर, अनिल श्रेष्ठ, मधु रेग्मी, दिपक बजगाँई (कैलाश) र निल बहादुर थापामगरको आवाज सुन्न सकिन्छ। त्यसैगरी महिला स्वरमा शशी पुन, प्रमीला पुन, गीता घिमिरे, अमृता सापकोटा र अम्बिका घिमिरेको सहभागिता रहेको छ।
मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा ऐरेञ्ज बिनोद बाजुराली र मिक्सिङ खइक बाजुरालीले गरेका छन् भने रेकर्डिस्टको भूमिकामा सागर बाजुराली रहेका छन्। भिडियोतर्फ क्यामेरामा मरुभूमि नारायणले काम गरेका छन् भने निर्देशन शशी पुनले गरेका हुन्।
भक्ति भावनालाई केन्द्रमा राखेर तयार पारिएको उक्त म्युजिक भिडियो मिति २०८२ साल फागुन १ गते औपचारिक रूपमा रिलिज गरिएको हो। शिवभक्तहरूका लागि समर्पित यस गीतले महाशिवरात्रिको अवसरमा आध्यात्मिक सन्देश फैलाउने अपेक्षा गरिएको छ।
