झापा–५ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका हुन्।
फेसबुकमा तबला उपहार दिएको तस्बिर राख्दै उनले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्—हार्दिक शुभकामना।”
राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेनले ओलीलाई ४९ हजार ६१४ मतको अन्तरले पराजित गरेका छन्। बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत पाएका छन्।
