गायक सलिल सुन्दर तुलाधरलाई पितृशोक

काठमाडौं — गायक सलिल सुन्दर तुलाधरलाई पितृशोक परेको छ। गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधर का बुबा प्रेमसुन्दर तुलाधरको असामयिक निधन भएको छ। उहाँको ८७ वर्षको उमेरमा २०८२ साल फागुन २२ गते निधन भएको हो।

नेपाली संगीत क्षेत्रमा सक्रिय सलिल सुन्दर तुलाधरले यसअघि पनि धेरै लोकप्रिय गीतहरू श्रोता–दर्शकमाझ ल्याइसक्नुभएको छ। उहाँको “ड्याम ड्याम” जस्ता गीतहरू निकै चर्चित बनेका छन्।

त्यसैगरी नेपाली चलचित्र निजर्ला का “भाले मोटर” र “चोखो मायामा तिमी नै हौ” जस्ता गीतहरूमा पनि उहाँले स्वर दिइसक्नुभएको छ, जुन गीतहरू दर्शक–श्रोतामाझ निकै रुचाइएका छन्।