ललितपुरको कुसुन्तीमा चितुवा पस्यो, चिडियाखाना पुर्‍याइयो

ललितपुर । ललितपुरको कुसुन्ती हाइटबाट एक चितुवाको उद्धार गरिएको छ ।

मंगलबार बिहानै कुसुन्ती हाइटमा रहेको माछापुच्छ्रे स्कूलको हाताभित्र चितुवा देखिएपछि सदर चिडियाखानाको प्राविधिक टोलीले उद्धार गरेको हो ।

सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरका नगर प्रहरीको टोलीको संयुक्त प्रयासबाट चिडियाखानाको प्राविधिक टोलीले चितुवाको उद्धार गरेको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखानाले जनाएको छ ।