एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मलेसिया फुटबल सङ्घलाई अयोग्य खेलाडी मैदानमा उतारेको अभियोगमा कारबाही गरेपछि नेपालको खातामा तीन अङ्क थपिएको छ।
एएफसी एसियन कप २०२७ को छनोट खेलअन्तर्गत मलेसियाले नेपाल र भियतनामविरुद्ध नियम उल्लङ्घन गरेको पुष्टि भएको हो।
यसअघि मलेसियासँग २–० ले पराजित भएको नेपालले अब प्राविधिक रूपमा ३–० को जीत हासिल गरेको छ।
यो निर्णयसँगै समूह ‘एफ’ मा नेपालले पाँच खेलबाट आफ्नो पहिलो जीत दर्ता गर्दै तीन अङ्क सुरक्षित गरेको छ।
साथै, एएफसीको इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना समेत तिराउने निर्णय गरेको छ।
