काठमाडौँ— नेपाली बजारमा सुनको मूल्यले सर्वसाधारणलाई थप तर्साउन थालेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि २ लाख ९४ हजार ८०० रुपैयाँ तोकिएको छ ।
लगातारको यो वृद्धिले सुनको मूल्य इतिहासकै नयाँ उचाइतर्फ अघि बढेको संकेत गर्दछ ।
अर्कोतर्फ, सुनको मूल्य आकाशिए पनि चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।
आइतबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ ।
