मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको सम्मानजनक लक्ष्यलाई नेपालले खेल सकिन ७१ बल बाँकी छँदै अर्थात् ३८.१ ओभरमा मात्र २ विकेट गुमाएर १९९ रन बनाउँदै सहजै पूरा गर्यो।
नेपालको यो एकपक्षीय जितको मुख्य नायक कप्तान रोहितकुमार पौडेल बने, जसले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७४ रनको अविजित कप्तानी इनिङ खेले।
उनलाई तेस्रो नम्बरमा आएका इशान पाण्डेले बलियो साथ दिए। इशान र रोहितबीच तेस्रो विकेटका लागि भएको १०४ रनको शतकीय साझेदारी नै स्कटल्यान्डको हारको मुख्य कारण बन्यो।
आक्रामक ब्याटिङ गरेका इशानले ६१ बलमा ५ चौका र २ छक्काको मद्दतले ५५ रनको अर्धशतकीय योगदान दिए।
त्यसअघि ओपनरद्वय आसिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन जोड्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए।
