कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने थप दुई जना पक्राउ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको टोलीले काठमाडौँको रत्नपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।…

यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेकाे छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकले विभिन्न सात वटा निर्णय गरेकाे हाे । नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार…

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौँ – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ। मंगलबार संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो। संसदीय सुनुवाइपछि समितिले शर्माको नाम अनुमोदन गरेको हो। उनी ३३ औँ प्रधानन्यायाधीशका रुपम अनुमोदित भएका हुन्।

ट्रम्पको धम्कीपछि इरानले भन्यो- हाम्रो सेना पहिले भन्दा तयार र शक्तिशाली छ

काठमाडौं। इरानले आफ्नो सेना पहिलेभन्दा “अझ तयार र शक्तिशाली” रहेको जनाएको छ। यो बयान खाताम अल–अम्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले दिएका हुन्। इरानको सरकारी समाचार एजेन्सीका अनुसार मेजर जनरल अली अब्दुल्लाहीले भने, “इरानी सेना सधैँ तयार अवस्थामा…

ब्राजिलको विश्वकप टोलीमा छिरिछाडे नेयमार

काठमाडौं। चौथो पटक विश्वकप खेल्ने तयारीमा रहेका स्टार फरवार्ड नेयमार सोमबार ब्राजिलको विश्वकप टोलीमा परेका छन्। केही दिनअघिसम्म उनको छनोट हुने सम्भावना कम रहेको भन्दै स्थानीय विश्लेषक र पूर्व फुटबलरहरूले अनुमान् गरेका थिए। ३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्।…

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा पुनः वृद्धि, लगानीकर्ता र उपभोक्ता अन्योलमा

नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर दुई लाख ९५ हजार ३०० रुपैयाँ पुगेको छ, जबकि सोमबार यसको कारोबार दुई लाख ९४ हजार ८०० रुपैयाँमा भएको…

विश्वकपमा ‘ब्लु वेभ’ को सनसनी: दिग्गज देशहरूलाई हल्लाउन डिक एड्भोकाटको कमान्डमा कुरासाओ तयार

काठमाडौं। फुटबल जगतमा एउटा नयाँ शक्तिको उदय भएको छ। मात्र १ लाख ५५ हजार जनसंख्या भएको सानो टापु राष्ट्र कुरासाओले फिफा विश्वकप २०२६ का लागि आफ्नो शक्तिशाली २६ सदस्यीय टोली घोषणा गर्दै विश्वमञ्चमा तहल्का मच्चाउने संकेत दिएको छ। ‘ब्लु वेभ’…

संसद्‌मा आज पनि एक्लै प्ले-कार्ड बोकेर उभिए

काठमाडौँ— श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले संसदीय मर्यादा र नियमलाई चुनौती दिँदै आज पनि संसद् बैठकमा आफ्नो उग्र विरोध प्रदर्शन जारी राखेका छन्। सोमबार आफ्नो दलका सबै सांसदहरूलाई उतारेर संसद्को ‘वेल’ नै घेराउ गर्न…

कविकेशरी चित्तधर हृदयको १२० औं जन्मदिन भव्य रुपमा सम्पन्न

कविकेशरी तथा साहित्य शिरोमणि चित्तधर हृदयको १२० औं जन्मदिनको अवसरमा ने.सं. ११४६ अनलाथ्वः प्रतिपदा, आइतबार (२०८३ जेठ ३ गते) डब्लूडिबि, दैनिक कार्यक्रममा चित्तधर हृदयको सम्झनामा जूम प्रविधिबाट एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । डब्लूडिबि तथा वर्ल्ड नेवाः अर्गनाइजेशन, साहित्य…

नेवाः मिसा दबूको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

कस्तुरी श्रेष्ठको सभापतित्वमा सुरु भएको उक्त तेस्रो अधिवेशनमा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको छ । त्यसै गरी, उक्त कार्यक्रममा अतिथिका रुपमा नववर्ष राष्ट्रिय समारोह समितिका अध्यक्ष प्रेमहिरा तुलाधर, पूर्व मन्त्री अष्टलक्ष्मी शाक्य, साहित्यकार सुवर्ण…