काठमाडौँ — पछिल्लो समय नियन्त्रण बाहिर गइरहेको सुनचाँदीको मूल्यले आज स्थानीय बजारमा फेरि अर्को रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जारी गरेको ताजा विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँको वृद्धि भएको छ।
यससँगै हिजो सोमबार ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि ३ लाख ११ हजार ३०० रुपैयाँ तोकिएको छ।
बजारमा सुनसँगै चाँदीको भाउमा पनि तीव्र उछाल आएको छ। हिजो सोमबार प्रतितोला ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५० रुपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण नेपाली बजारमा सुनचाँदीको भाउले दैनिक जसो नयाँ रेकर्ड बनाउँदा सर्वसाधारण र व्यवसायी दुवै मारमा परेका छन्।
