अमेरिकाले पछिल्लो २४ घन्टामा इरानको एयरपोर्टसहित १ सय ४ स्थानमा आक्रमण गरेको छ। अमेरिकी सेनालेलगातार दोस्रो रात पनि इरानका दर्जनौँ सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकाले इरानी एयरपोर्टमा गरेको आक्रमणपछि एउटाभवनमा पूर्ण रुपमा आगलागी भएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उता, इरानी सरकारी सञ्चारमाध्यमकाअनुसार इरानी सेनाले यसको जवाफस्वरूप मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै नयाँ चरणको आक्रमण सुरु गरेको छ।
यो सैन्य तनावले अमेरिका र इरानबीच भइरहेको नाजुक वार्तालाई थप संकटमा पारेको छ। दुवै देश ६० दिनको वार्ता अवधिको मध्यतिर पुगेका बेला सम्भावित सम्झौताको आशामा ठूलो चुनौती थपिएको छ।
बहराइनमा साइरन बजाएर सतर्कता अपनाइएको छ। कुवेतको सेनाले आफूले ‘शत्रुतापूर्ण हवाई लक्ष्यहरू’को सामना गरिरहेको जनाएको छ। यस्तै, जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका चारवटा मिसाइललाई बीचमै अवरोध गरी नष्ट गरेको बताएको छ।
त्यस्तै पछिल्ला आक्रमणहरूको सिलसिलासँगै तेलको मूल्य उकालो लागेको छ। सप्ताहन्तभर भएका आक्रमणपछि आइतबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेल र अमेरिकी कच्चा तेल मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको छ।
