धनुषामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गर्‍यो हवाई फायर

जनकपुरधाम – धनुषामा प्रहरीले हवाई फायर गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो जिल्लाको मिथिला नगरपालिका–६ मा हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्। उनीहरूको साथबाट ९५.५९० ग्राम खैरो हिरोइन बरामद गरेको ब्यूरोले जनाएको छ।