काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक बसिरहेको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि पहिलोपटक आज बैठक डाकेका हुन् ।
सुनसरीको देवानगञ्ज गोलीकाण्ड र विभिन्न जिल्लामा उत्पन्न परिस्थिति र समसामयिक विषय बैठकको मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनवाएको छ ।
बैठकमा सदस्यहरू गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द कार्की, प्रधान सेनापति अशोक सिग्देल र रक्षा सचिव सहभागी छन् ।
