काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका- ५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका- १३ का ४८ वर्षीय कृष्ण लामालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।
प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्णलाई पक्राउ गरिएको हो ।
